Comments Add Comment

लकडाउनमा नेपालमै बसेका ३ बर्षका जैकब कसरी बने ‘मिमी’का ‘राज’ ?

जतिबेला जैकब ३ बर्षका थिए, सो समयमा उनी आफ्ना पिता क्रिस, आमा जुली, बहिनी ऐरिनको साथमा अबरदिन छोडेर विश्व भ्रमणमा निस्किएका थिए । सन् २०१९ का अक्टुबरमा उनी भारतको गोवा पुगेका थिए । भारतमा लकडाउनको घोषणा हुनु भन्दा अगाडि उनले भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगेरी लगायत देशको भ्रमण गरेका थिए । तर, कोरोना भाइरसका कारण लकडाउन भएपछि उनी केही महिना नेपालमै बसेका थिए ।

जैकबका माता–पिताले उनलाई गोवाको एक किन्डरगार्डेनमा छोडेर गएका थिए । तर, जब उनीहरु डिसेम्बरमा उनलाई लिन आएका थिए सो समयमा एउटा कास्टिङ्ग एजेन्सी जैकबसँग थियो । चलचित्र ‘मिमी’का लागि यसको निर्माण टिमले एक बालकको खोजी गरेको थियो । जैकबलाई देखेपछि उनीहरुले चलचित्रमा उनलाई नै लिने निर्णय गरेका थिए । सो समयमा जैकब उनका माता–पितासँग थिएनन् ।

जैकब सन् २०२० को जनवरीमा मुम्बई पुगे । उनले मुम्बइमा नै अभिनयको तालिम समेत लिएका थिए । यो चलचित्रको छायांकन फ्रेवुअरीबाट राजस्थानमा भएको थियो ।

जैकब स्मिथ स्कटिस भएका कारण चलचित्रमा उनको आवाज समावेश छैन । जैकबकी माता जुलीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनलाई २० पेज लामो हिन्दी संवाद दिइएको थियो । उनले हिन्दी भाषा त सिकेका थिए ।

तर, उनी स्कटिस बालक थिए । तर, चलचित्रमा उनले राजस्थानमा हुर्किएको एक भारतीय बालकको भूमिका निर्वाह गरेका छन् । यसैले, उनको आवाज चलचित्रमा प्रयोग गर्न नसकेपछि डबिङ आर्टिस्टले स्वर दिएका छन् ।

ओटीटी प्लेटफर्ममा रिलिज भएको नायिका कृती सेनन र कलाकार पंकज त्रिपाठी अभिनित चलचित्र ‘मिमी’ले दर्शक र समिक्षकको मन जितिरहेको छ । साथमा, जैकब पनि दर्शकको नजरमा परेका छन् । चलचित्रमा उनले एक सरोगेसी बच्चाको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनको नाम ‘राज’ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment