
१८ साउन, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाका ३३ शाखा कार्यालयका प्रमुखहरुले सामुहिक राजीनामा दिएका छन् । चालु आर्थिक वर्षमा बढाउनुपर्ने सेवा सुविधा नबढाएको भन्दै शाखा प्रमुखहरुले सोमबार प्रमुख कार्यकारी अधिकृत किरण विष्ट समक्ष सामुहिक राजीनामा दिएका हुन् ।
गणपति लघुवित्तको ३६ शाखा कार्यालहरु रहेका छन् । ३ वटाबाहेक सबै शाखाका प्रमुखहरुले राजनीामा दिएको कास्कीको विजयपुर शाखाका प्रमुख रिजन लामिछानेले अनलाइनखबरलाई बताए ।
लामिछानेका अनुसार साउन २५ गतेसम्मको समयसीमा दिएर उनीहरुले राजीनामा बुझाएका छन् ।
कोरोना महामारीका बेला पनि घर परिवार नभनी ज्यान जोखिममा पारेर पनि गाउँ गाउँमा गएर सेवा दिएको तर अहिले आएर संस्थाले बढाउनै पर्ने सेवा सुविधा समेत नबढाएपछि सामुहिक राजीनामा दिन बाध्य भएको शाखा प्रमुखहरुको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4