+
+

मनाङका बाढीपीडितलाई राहत वितरण

रासस रासस
२०७८ साउन १८ गते १४:४३

१८ साउन, मनाङ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् ।

मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री उनीहरुले राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका लागि उनीहरुले राहत वितरण गरेका छन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्‍याएका थिए ।

खराब मौसमका कारण खाद्यान्न पुर्‍याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसीशहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम मोलेर राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए ।

नासो गाउँपालिकाकी उपाध्यक्ष कमलमाया गुरुङले बाढीका कारण गाउँपालिका कार्यालय बगाएकाले सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको बेला राहत आउँदा खुशी लागेको बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?