
१८ साउन, काठमाडौं। सत्य घटनामा आधारित उपन्यास ‘सखिला’को विमोचन गरिएको छ । उत्तम निरौलाद्धारा लिखित ‘सखिला’ उपन्यासको शनिबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
उक्त उपन्यासको विमोचन वरिष्ठ साहित्यकार पद्मावती सिंहले गरेकी हुन् ।
विमोचनमा बोल्दै वरिष्ठ साहित्यकार सिंहले नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरुको निम्ति गौरवको विषय रहेको बताइन् । उनले नेपाली महिलाले भोग्नु परेका विभिन्न सामाजिक पाटोको विषयमा उल्लेख गरिएको बताइन् ।
‘सखिला’ तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगाना लगायत अतिथि उपस्थित थिए ।
लेखक उत्तम निरौलाको दाश्रो कृति ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4