Comments Add Comment

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए ।

‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट मात्रामा रोपाई बाँकी छ, समग्रमा देशभर ९५ प्रतिशत बढी रोपाईं सकिएको छ,’ पौडेलले भने ।

अघिल्लो वर्षको तुलनमा अब बढीमा तीन प्रतिशतमा क्षेत्रफलमा रोपाइँ हुने पनि उनले जानकारी दिए । देशभर धान खेती योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर जमिन रहेकोमा करिब १३ लाख हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको छ ।

यस अवधिमा प्रदेश एकमा ९०.५६ प्रतिशत, प्रदेश दुईमा ९२.३६ प्रतिशत र बागमति प्रदेशमा ९६.५२ प्रतिशतमा भूभागमा रोपाईं सकिएको विभागले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा ९४.८५, लुम्बिनीमा ९७.२५ र कर्णालीका प्रदेशमा शतप्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा ९९.०६ प्रतिशत भूभागमा रोपाईं सकिएको छ । देशभरि पानी उल्लेख्य मात्रामा परेका कारण रोपाइँ उत्साहप्रद रहेको विभागले जनाएको छ ।

भारती वर्षाका कारण प्रभावित भएको प्रदेश दुईको रोपाइँ पनि साउन लागेपछि पुरानै लयमा फर्किएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment