+
+

संघीयताको विषयमा सरकार नै अनविज्ञ : सांसद बिडारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १७:१८
फाइल तस्वीर

१९ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफैं अनविज्ञ रहेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा उनले सरकारका साथै अहिलेको ‘ब्यूरोक्रेसी’समेत संघीयताको विषयमा जानकार नरहेको बताए ।

‘हाम्रो अहिलेको ब्यूरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार संघीयताको बारेमा अनविज्ञ छ,’ उनले भने । संघीयताको बारेमा जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र मुलुकको कर्मचारीतन्त्र संघीयताको बारेमा अनविज्ञ रहेको सांसद बिडारीको तर्क छ ।

‘अन्तको संघीयताको अभ्यास हाम्रोमा अभ्यास भएन । हाम्रो देशमा थिएन,’ उनले अगाडि भने, ‘विचरा, सरकारको दिमागमा कसरी संघीयता छ भन्ने सोच आओस् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?