Comments Add Comment

चोरी मुद्दामा फरार रहेका चारजना सिरहाबाट पक्राउ

१९ साउन, जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट प्रहरीले चोरी मुद्दामा फरार रहेका चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका १५ का ३५ बर्षीय देबु सदाय, ५७ बर्षीय मोहन सदाय, ३५ बर्षीय रामउदगार मण्डल र श्याम सदाय छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

जिल्ला अदालतले चोरी मुद्दामा चारै जनालाई जनही १ महिना कैद र २१ हजार ६ सय ६३ रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment