+
+
Shares

मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १२:०७

२० साउन, कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?