+
+
Shares

डोटीमा भाइरल ज्वरोको बिरामी बढे

रासस रासस
२०७८ साउन २० गते १४:१२

२० साउन, डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच-सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो ।

जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०-७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले भने, ‘जिल्ला अस्पतालमा दैनिक औसतमा कम्तीमा पनि ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्, अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।’

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शेलेश्वरी अस्पताल दिपायलका डा ललितकुमार लिम्बूले बताए ।

शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङग कुँवरले जानकारी दिए । यसैगरी यहाँका अन्य निजी पोलिक्लिनिक तथा मेडिकलहरुमा समेत उक्त रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?