Comments Add Comment

‘बेल बटम’मा इन्दिरा गान्धीको भूमिकामा लारा

अगष्ट १९ बाट भारतीय बक्स अफिसमा रिलिज हुन लागेको चलचित्र ‘बेल बटम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले दर्शकको मन पनि जितेको छ । तर, यो चलचित्रमा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाहा गर्ने कलाकारको बारेमा भने कमैले थाहा हुन सक्छ ।

यो चलचित्रमा इन्दिरा गान्धीको भूमिकामा नायिका लारा दत्तले काम गरेकी छिन् । तर, ट्रेलर हेर्दा कमै मात्र दर्शकले लारा दत्तलाई चिन्न सक्छन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा लाराले स्क्रिप्ट नै नसुनी आफूले यो भूमिकाका लागि हुन्छ भनेको जानकारी दिइन् ।

लाराले अगाडि भनिन्–‘एक चर्चित व्यक्तिलाई पर्दामा उतार्नु सामान्य काम थिएन । चलचित्रमा एक प्लेन अपहरणको कथालाई प्रस्तुत गरिएको छ, जुन इन्दिरा गान्धीको कार्यकालमा भएको थियो । यो काम गर्न सहज थिएन तर मलाई निकै मज्जा लाग्यो । यसको पछाडि निकै ठूलो मिहिनेत र रिसर्चले काम गरेको छ, तर यो मौका जीवन नै परिवर्तन गर्ने खालको थियो, यसका लागि म आभारी छु ।’

यो चलचित्रले सन् १९८४ मा भएको प्लेन अपहरणको घटनालाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment