Comments Add Comment

‘तिम्रो मन’लाई ५० लाख भ्यूज पाउनै सकस, ‘सम्झिनी पानी छम्किनी’ ५ दिनमै ५० लाख नजिक

गायक यश कुमार र गायिका मिलन नेवारको स्वरमा समावेश ‘तिम्रो मन बदलिएछ’ पछिल्लो समय सार्वजनिक भएका गीतमा सर्वाधिक चलेको गीत हो । यो गीतले हरेक वर्गका दर्शकको मन छोएको छ । उसो त २ दशक अगाडि नै यो गीत हिट थियो । तर, फेरि पनि यो गीतलाई यश कुमारले बजारमा ल्याउँदा उस्तै माया पाए ।

गीतको भिडियो निर्देशन गरेका निर्देशक निकेश खड्काको सोचले पनि गीतलाई भिडियोसँग बगाउन ठूलो सहयोग गर्यो । यो गीत बजारमा अत्याधिक चर्चामा रहँदा पनि यसलाई ५० लाखको भ्यूज छुन हम्मे हम्मे परिरहेको छ । गीत सार्वजनिक भएको २० दिन भैसक्दा पनि गीतले ४५ लाख भ्यूज पाएको छ ।

एउटा सफल गीतलाई ५० लाखको भ्यूज पाउन सकस परिरहेको समयमा ५ दिन अगाडि ‘सम्झिनी पानी छम्किने’ बोलको गीत रिलिज भयो । यो गीत बजारमा औषत चलेको छ । यसअघि राम्रै चलेको यो गीतको तीज भर्सन गायक सम्राट चौलागाईले मल्टिस्टार कलाकार राखेर तयार पारेका छन् । यो गीतको भिडियोलाई युट्युबमा ५ दिनमा करिब ५० लाख भ्यूज मिलेको छ ।

रोचक कुरा त के छ भने, यो गीतको भ्यूजको उतारचढाव आफैमा आश्चर्यमा पार्ने खालको छ । २ दिन अगाडि मात्र गीतको भ्यूज ३६ लाख ४४ हजार पुग्यो । तर, यो भ्यूज पाएको ३ घन्टापछि फेरि गीतको भ्यूज ३६ लाखमा झर्यो । दिनभर एक लाख पनि भ्यूज नपाएको गीतले फेरि एक रातमै ४ लाख भ्यूज बटुल्यो ।

यो गीतले प्राप्त गरेको भ्यूजलाई म्यूजिक नगरीका अधिकांश मानिसहरु फेक भएको बताउँछन् । तर, यसका निर्माता तथा गायक सम्राट चौलागाई यो कुरा स्विकार गर्न तयार छैनन् ।
तर, यो गीतको भ्यूजमा आएको उतारचढाव, गीत बजारमा खासै चर्चामा नरहनुले पनि यो गीतको भ्यूजमाथि धेरैले विश्वास भने गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment