+
+
Shares

भुटानले पठाएको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १२:१२

२२ साउन, काठमाडौं । भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो ।

भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?