Comments Add Comment
म्याद सकिएको बटर विक्री प्रकरणः :

कृषि मन्त्रालयले डीडीसीसँग माग्यो स्पष्टीकरण

२२ साउन, काठमाडौं । उपभोक्तालाई म्याद गुजि्रएको बटरबाट बनेको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी ) सँग स्पष्टीकरण माग गरेको छ ।

घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास सचिव डा. कृष्णप्रसाद आचार्यले अनलाइनखबरलाई बताए । ‘बटर प्रकरणमा के भएको हो भनेर स्पष्टीकरण सोधिएको छ, आज वा आइतबारसम्म जवाफ आउला,’ सचिव आचार्यले भने ।

डीडीसीको लिखित जवाफपछि बटर प्रकरणमा मन्त्रालयको धारणा सार्वजनिक गरिने पनि उनले बताए । जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले यसलाई मन्त्रालयले गंभिर ढंगले लिएको पनि सचिव आचार्यले बताए ।

बटर प्रकरणमा मन्त्रालयले डीडीसीसँग स्पष्टीकरण माग गरेको डीडीसीका उपमहाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment