Comments Add Comment

मोडेर्नाको खोप ६ महिनापछि पनि ९३ प्रतिशत प्रभावकारी

२२ साउन, काठमाडौं । अमेरिकी कम्पनी मेडेर्नाले विकास गरेको कोरोना खोपको दोस्रो डोज लगाएको ६ महिनापछि ९३ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले सुरुआती क्लिनिकल परीक्षणमा आफ्नो खोप ९४ प्रतिशत प्रभावकारी रहेको बताएको थियो ।

यद्यपि मोडेर्नाले आगामी दिनमा खोपले विकास गरेको एन्टिबडी घट्न सक्ने भन्दै जाडोयामको सुरुआततिर बुस्टरको रुपमा तेस्रोको आवश्यकता पर्न सक्ने बताएको छ । अर्को अमेरिकी कोरोना खोप निर्माता फाइजरले पनि कोरोनाविरुद्धको उच्च सुरक्षाको लागि तेस्रो डोज आवश्यक रहेको बताउँदै आएको छ ।

मोडेर्ना कम्पनीका सीईओ स्टेफेन बान्सेलले कम्पनीले वर्षमा ८० करोडदेखि एक अर्बभन्दा डोजभन्दा धेरै खोप उत्पादन गर्न नसक्ने बताए । उनले सन् २०२१ को अन्तिमसम्ममा कोरोना खोपको नयाँ अर्डर कम्पनीले नलिने उल्लेख गरे ।

गत साता फाइजरको कोरोना खोपबारे गरिएको अध्ययनमा प्रत्येक दुई महिनामा ६ प्रतिशत प्रभावकारिता कम हुँदै गएको देखिएको थियो । बान्सेलले भनेका छन्, ‘हाम्रो कोरोना खोप ६ महिनामा पनि ९३ प्रतिशत प्रभावकारी देखिएको छ तर डेल्टा भेरियन्टले ठूलो चुनौती थपेको छ त्यसैले हामी सतर्क रहनुपर्छ ।’

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment