Comments Add Comment

के मुखमैथुनले हेपटाइटिस सिको जोखिम बढाउँछ ?

हेपाटाइटिस सीलाई ‘हेप सी’ को रुपमा पनि चिनिन्छ । यो भाइरल संक्रमणको एक कारण हो । यो भाइरस संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिको रगतमा प्रवेश गर्दा फैलिन्छ । उदाहरण को लागि, यदि दुईभन्दा बढी मानिसलाई खोप लगाउने बेलामा एउटै खोपको प्रयोग गरिन्छ भने संक्रमणको जोखिम बढ्न जान्छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि यो संक्रमण यौन वा मुख मैथुनको माध्यमबाट पनि फैलिन सक्छ ?

विभिन्न देशका रोग नियन्त्रण र रोकथाम केन्द्रहरुका अनुसार हेपाटाइटिस सी चुम्बन, अँगालो हाल्ने, भाँडा बाँड्ने, चिसो, र सँगै खाने वा पिउने गर्दा फैलिँदैन । यो थुक वा र्याखलको माध्यमबाट पनि फैलिँदैन ।

हेपाटाइटिस सी के हो?

यो भाइरल संक्रमण एक संक्रमित व्यक्तिको रगतसम्म पुगेर कलेजोका कोशिकालाई हानि गर्न सक्ने एक किसिमको रोग हो । यसलाई फाइब्रोसिस पनि भनिन्छ । जसले पछि सिरोसिसको रूप लिन सक्छ । हेपाटाइटिस सीले कलेजो बिग्रेको र कलेजोको क्यान्सरको जोखिम पनि बढाउन सक्छ । २०१६ मा मात्र संयुक्त राज्य अमेरिकामा २४लाख मानिस हेपाटाइटिस सीबाट पीडित थिए ।

के यो यौन रोग हो?

यौन सम्पर्कको कारण हेपाटाइटिस सी संक्रमण को जोखिम कम छ । एक प्रतिशतमा मात्रै यौन सम्पर्कका कारण यो समस्या हुन सक्छ । समलिंगी पुरुषहरु बाहेक यो समस्या एकभन्दा धेरै साथीसँग यौन सम्बन्ध गर्ने र एचआईभी संक्रमितमा धेरै देखिन्छ ।
१९९८ मा यस विषयमा गरिएको एक अनुसन्धानले मुखमैथुनको कारणले यी संक्रमण हुने जोखिम नगण्य छ । विज्ञहरुका अनुसार यो संक्रमण रगतको माध्यमबाट शरीरमा प्रवेश गरेपछि हुन्छ । यौन सम्पर्कको बेला संक्रमित हुने सम्भावना धेरै कम हुन्छ
यस्तो अवस्थामा संक्रमित हुने जोखिम हुन्छ

– महिनावारी

– फुटेको वा काटिएको ओठ

– क्यान्सर वा पुरानो घाउ

– मुख वा गिजाबाट रगत बग्नु

– घाँटीमा हुने संक्रमण

– प्रजनन अंगमा हुने रोग

कसरी फैलिन्छ यो ?

संक्रमित व्यक्तिको शरीरमा हेपाटाइटिस सी भाइरस रगत, वीर्य र अन्य प्रकारका शरीरका तरल पदार्थबाट प्रवाहित हुन्छ । यो भाइरसका कणहरु कुनै न कुनै रुपमा एक स्वस्थ व्यक्तिको रक्तप्रवाहमा प्रवेश भयो भने अर्को व्यक्ति पनि संक्रमित हुन्छ । विशेषज्ञहरु यो भाइरस पुरुषको वीर्यमा पाईन्छ भन्ने विश्वास गर्छन् । तर यो साबित गर्दैन कि यसले हेपेटाइटिस सी संक्रमण को जोखिम कसरी बढाउँछ। यसबाट बच्न विशेषज्ञहरु सुरक्षित सेक्सका लागि कण्डमको प्रयोग गर्न सल्लाह दिन्छन्।

यसका कारणहरू

– हेपाटाइटिस सी संक्रमित आमाको गर्भबाट जन्मेको बच्चा भएमा

–रेजर, टूथब्रश वा ग्रुमिङ क्लिपर साझेदारी गरेमा

– फोहोर र स्यानिटाइज नगरिएको सुईबाट टाटु बनाएमा

– इन्जेक्शन योग्य औषधि लिएमा

– नाकबाट ड्रक्स लिएमा

यो हेपाटाइटिस सीयुक्त एक व्यक्तिबाट अर्को व्यक्तिमा अंग प्रत्यारोपण भएको अवस्थामा पनि यो सर्न सक्छ ।

लक्षण

हेपाटाइटिस सी भएका धेरै मानिसहरुलाई थाहा नहुन सक्छ कि उनीहरुलाई संक्रमण छ। लगभग २०–३०% मानिसहरुमा मात्र लक्षणहरु देखिन्छन् । संक्रमण सामान्यतया २–२२ हप्तापछि देखा पर्छ । हेपाटाइटिस सीको लक्षणहरू निम्नानुसार छन् ।

– भोक नलाग्नु
– ज्वरो
– पेट दुख्ने
– थकान
– कलेजो रोग
– कालो मूत्र
– कालो मल
– जोर्नी वा मांसपेशी दुखाइ

जसमा छालाको पहेँलोपन र आँखाको सेतो हुनु आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment