
२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।
तस्वीर : चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4