Comments Add Comment

अनन्त, सञ्जोग र निशानले थ्रीस्टारबाटै लिग खेल्ने

२३ साउन, काठमाडौं । थ्री स्टारले अनन्त तामाङ, सञ्जोग राई र निशान खड्कासंग सम्झौता नवीकरण गरेको छ ।

पाटनको ए डिभिजन क्लब थ्रीस्टारले शनिबार डिफेन्डर अनन्त तामाङ र निशान खड्का तथा मिडफिल्डर सन्जोग राईसँग सम्झौता नवीकरण गरिएको जनाएको छ ।

आउँदै गरेको ए डिभिजन लिग र राष्ट्रिय लिगलाई ध्यानमा राख्दै थ्री स्टारले ३ खेलाडीको सम्झौता नवीकरण गरेको हो । तर थ्री स्टारले सम्झौता नवीकरणको अवधी र रकम भने खुलाएको छैन ।

शहीद स्मारक ए डिभिजन लिग कात्तिक २९ मा शुरु हुनेछ । थ्रीस्टारले यही लिगका लागि दोना थापालाई अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment