Comments Add Comment

मानसिक रोग : कति प्रकारको हुन्छ फोयिबा, यसको कारण र उपचार के ?

डरलाई रोग नबनाउनुहोस्, समयमै उपचार गर्नुहोस् । फोयिबा एक यस्तो आधारहीन डर या अनुभव हो कि जसले बेचैनी र अशान्तिको जन्म दिन्छ ।

भय आफैँमा एक वास्तविक वा अवास्तविक खतराको मानसिक प्रतिक्रिया हो । मानिसहरुका लागि डर सामान्य कुरा हो । यस स्थितिमा हामीमा कुनै हानि हुँदैन । उदाहरणका लागि धेरै मानिसहरु माकुरा देखेर डराउँछन् त्यो भय हो । तर यसमा कुनै हानि हुँदैन ।

फोबिया आफैँमा एक भयानक डर हो । तर डर र फोबियाबी फरक पनि छ । हामी कत्तिको तीब्रतामा डराएका छौं ? त्यसको आधारमा यसको व्याख्या गर्न सकिँदैन । फोबियाले कुनै पनि व्यक्तिको मानसिकतामा यति गहिरो प्रभाव पार्छ कि छोटो समयका लागि उसको मस्तिष्कले कामै गर्न छाड्छ । यो अनावश्यक डर पनि हो ।

फोबियाका प्रकार

साधारणतया फोबिया ३ प्रकारमा विभाजित गर्न सकिन्छ –

१. सोसल फोबिया

२. स्पेसिफिक फोबिया

३. एगोराफोयिबा

सोसल फोयिबा

सोसल फोबियाको समयमा पीडित व्यक्तिको शिकार भएका व्यक्तिहरु सामाजिक कार्यमा बेवास्ता गर्छन् । कहिलेकाहिँ उनीहरुलाई यस्तो अवस्थामा शर्मिलो हुनु पर्ने पनि हुन सक्छ ।

यसमा पीडितलाई सधैं लाग्छ कि मानिसहरु उसको बारेमा नराम्रो सोच्दछन् र उसलाई खिस्याउँछन् । त्यो सोचाइका कारण पीडितले सधैंभरि उसले आफूले आफैँलाई कमजोर ठान्न थाल्छ । उसले आफ्नो आत्मविश्वास गुमाउँछ । ऊ कुनै साक्षात्कार वा सार्वजनिक सभामा बोल्न सक्षम हुँदैन । ऊ सभामा उभिए पनि डगमगाउन थाल्छ । पीडितले डर निराधार छ भन्ने थाहा पाउँदा पाउँदै पनि बेचैनी र घबराहटले उसलाई पछाडि छोड्दैन ।

पीडित कसैसँग कुरा गर्न र भेट्न डराउँछन् । यदि कसैसँग कुरा गरिहाल्यो भने पनि उसको मजाक उडाउने डरमा भेटको सबै समय गुजार्छ । बिस्तारै यो समस्या बढ्दै जाँदा पीडित यस्तो अवस्थामा पुग्छ कि विवाह, बैठक वा अन्तर्वार्ता जस्ता समारोह वा कार्यक्रममा समेत ऊ जान चाहँदैन । साथीभाइसँग कुरा नगर्ने, अफिसमा सबैको अगाडि चुप लाग्ने जस्ता कामले आत्मविश्वास घटाउँछ । जसको कारण सोसल फोबियाको कारण हुन सक्छ ।

२. विशिष्ट फोबिया

विशिष्ट फोबियामा एक विशेष वस्तु, व्यक्ति वा स्थितिको डर लाग्नु हो । यस्तो स्थितिमा व्यक्ति कहिलेकाहीँ अत्यधिक खुसी वा कहिलेकाहीँ एक्कासी दुःखी हुने गर्छ ।

यो एक यस्तो साधारण डर हो कि कुनै निर्धारित वस्तु या हालत देखेर पैदा हुन्छ । जस्तो पीडित त्यो हालतको बारेमा सोच्यो कि पीडितले सही ढंगले काम पनि राम्रोसँग गर्न सक्दैन । विशिष्ठ फोबियाको पनि केही प्रकार हुने गर्छ ।

एनिमल फोबिया :

मानिसहरु जनावरसँग पनि डराउने गर्छन् । कोही मानिस कुकुरसँग डराउँछन् त कोही कुकुर र बिरालो वा सर्पसँग डराउँछन् । यो पनि विशिष्ठ किसिमको फोयिबा भित्र पर्छ ।

सिचुएसनल फोबियाः

कुनै विशेष अवस्था जस्तो, उडान, घोडा सवारी, ड्राइभिङ, एक ठाउँमा एक्लै हुनु जस्ता केही परिस्थितिमा पनि केही मान्छे डराउने गर्छन् ।

प्राकृतिक वातावरण फोबियाः

पानी, आँधी, भीर आदिसँग डर लाग्नु ।

रगत, इन्जेक्सन, चोट आदिको फोबियाः

धेरै मानिसहरुलाई रगत दिएपछि पनि आफ्नो वा कसैको रगत बाहिर आएको देखेर चक्कर आउँछ । इंजेक्सन देख्दा उनीहरुको पसिना फुट्छ । यो पनि एक किसिमको फोयिबा हो ।

३. एगोराफोबिया

एगोराफोबियामा पीडित एक भीडमा पनि एक्लो महसुस गर्छ । उनी कुनै पनि सुपरमार्केटमा एक्लो महसुस गर्न थाल्छन् र यो भावनाले व्यक्तिलाई धेरै चोट पु¥याउन थाल्छ । यो अवस्थालाई एगोराफोबिया भनिन्छ । यो आतंक हमला आदिले रोगीहरुलाई एक तिहाइसम्म प्रभावित गर्न सक्छ ।

कहिलेकाहीँ एगोराफोबियाबाट पीडित बिरामी एक्लै घर छोड्न असमर्थ हुन्छ र एक विशेष परिवारको सदस्य वा साथीसँग मौ बाहिर जान्छ । एगोराफोबियाबाट पीडित बिरामीहरु आफ्नो अवस्थाका कारण गम्भीर पक्षघातको शिकार समेत हुन सक्छन् ।

फोबियाका कारण

शोधकर्ताहरु फोबियाको सही कारणहरुको बारेमा अझै निश्चित छैनन् । सामान्यतया फोबियाको पछि यी कारणहरु जिम्मेवार हुन्छन् ।

आनुवंशिक : अनुसन्धानले देखाएको छ कि परिवारमा एक निश्चित प्रकारको फोबिया छ भने अर्काे सदस्यमा पनि त्यो समस्या देखिने जोखिम बढी हुन्छ ।

जीवनका अनुभवहरु ः धेरै प्रकारका फोबियास वास्तविक जीवनका घटनाहरुसँग सम्बन्धित हुन्छन् । उदाहरणको लागि एउटा कुकुरसँग डर लाग्नुको पछि सानो उमेरमा उसलाई कुकुरले टोकेको हुन सक्ने सम्भावना बढी हुन्छ । सामाजिक फोबिया एक नाबालिग उमेरमा हुने घटनाका कारण विकास भएको हुन सक्छ ।

फोबियाको उपचार

संज्ञानात्मक व्यवहार थेरापी (सीबीटी) आफ्नो फोबिक लक्षणहरुलाई घटाउनमा धेरै हदसम्म सफल देखिएको छ । यसको लागि यी विधि अपनाउन सकिन्छ ।

शैक्षिक सामग्रीः

यस विधिमा व्यक्ति फोबिया र यसको उपचारको बारेमा शिक्षित हुन्छ । यस बाहेक त्यस्ता व्यक्तिलाई फोबिया बाट पीडित व्यक्तिलाई सहयोग गर्नका लागि प्रोत्साहित गरिन्छ ।

संज्ञानात्मक अवयवः

यो विचारहरु र कल्पनाशीलताको आधारमा फोयिबा हटाउने प्रयास गरिन्छ ।

व्यावहारिक अवयवहरुः

यस अन्तर्गत व्यवहार परिमार्जन, प्रविधिको प्रयोग गरेर फोबिया हटाउने विधि आदिको प्रयोग गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment