+
+
Shares

सालको चिरान काठ लोड गरिएको मिनी ट्रक प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १२:१८

२४ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले सालको चिरान काठ लोड गरिएको अवस्थामा एक मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको बर्दिवास नगरपालिका ८ बाट काठ लोड गरिएको ना.६ ख २४९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साउन २२ गते राति नियन्त्रणमा लिइएको काठबारे प्रहरीले आइतबार जानकारी गराएको छ ।

महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टका अनुसार मिनी ट्रकमा २२ क्यूबिक फिटको ३८ थान सालको चिरान काठ र ६ थान कुर्ची समेत बरामद भएको छ । ती काठ अवैध रहेको प्रहरीको भनाइ छ ।

काठ लोड गरिएको मिनी ट्रकसहित चालक गौशाला नगरपालिका १ बस्ने २९ बर्षीय सिकिन्द्र महतो समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सशस्त्र वन सुरक्षा शाखा कार्यालय बर्दिबासको जिम्मा लगाइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?