Comments Add Comment

महिलाहरुको आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्ने प्रकाशको ‘कुरा वुझ्न पर्च’

गायक प्रकाश सपूतले शुक्रबार ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीत सार्वजनिक गरे । गीतले आईतबार दिउँसोसम्म १५ लाख भ्युज पाउँदै युट्युबको ट्रेन्डिङ १ स्थान ओगटेको छ । ‘मेरो पनि होइन र यो देश?’ सार्वजनिक गरेको ३ महिनापछि प्रकाशले नयाँ गीतका रुपमा ‘कुरा बुझ्न पर्च’ सार्वजनिक गरेका हुन् । गीतले युट्युबमा मात्र होइन् टिकटकमा पनि उत्तिकै चर्चा पाईरहेको छ ।

प्रकाशले यस गीतमा आधुनिक युवतीहरुको मनोविज्ञानलाई उतार्ने प्रयास गरेका छन् । यसअघि गम्भीर विषयलाई गम्भीर तरिकाले नै प्रस्तुत गर्दे आएका प्रकाशले यस गीतलाई रमाईलो तरिकाले प्रस्तुत गरेका छन् । उनले गीतमार्फत महिला सशक्तिकरणको विषयलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । गीतलाई लिएर स्रोता एवं दर्शकबाट पाएको प्रतिक्रियाबाट आफू निकै खुशी भएको प्रकाश बताउँछन् ।

वर्तमान युवतीहरुमा कम्तिमा यत्तिको आत्मविश्वास हुनु जरुरी छ भन्ने दृष्टिकोण पेश गर्न खोजेको भन्दै आफूले दिन खोजेको विषयहरुलाई स्रोता एवं दर्शकले बुझेकोप्रति उनले खुसी ब्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘हामीले छुन खोजेका केही विषयहरुलाई धेरै जनाले मज्जाले नोट गर्नुभएको रहेछ । युवतीहरुको केही प्राकृतिक सुन्दरता र स्वभावहरुसहित लैङ्गिक स्वतन्त्रता, आत्मनिर्भरता, आत्मसम्मान र हक अधिकारका कुरा देखाउन खोजेका छौं । जातिय सहिष्णुता र मित्रतालाई पनि कतै–कतै झल्काउन खोजेको सबैले बुझ्नु भएछ ।’

उनले दर्शकहरु सचेत हुँदै जानु नेपाली कला, साहित्य र संगीतका लागि खुसीको कुरा भएको बताएका छन् । उनले अगाडि लेखेका छन्–‘दर्शक सचेत भए भने एउटै सिर्जनालाई विचारका रुपमा सम्प्रेषण पनि गर्न सकिन्छ । वस्तुका रुपमा व्यापार पनि गर्न सकिन्छ ।’

प्रकाश सपूतको शब्द, संगीत रहेको ‘कुरा बुझ्न पर्च’मा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको भिडियोलाई प्रकाश स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । साथमा लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment