+
+
Shares

प्रदेश-२ सरकारद्वारा छात्रालाई साइकल वितरण कार्य स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १५:५९
फाइल तस्वीर

२४ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य स्थगित गरेको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै साइकल वितरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ ।

अधिक विद्यालयबाट साइकल माग गर्दै निवेदन आएको र निवेदन सम्बन्धि कागजातहरु रुजु गर्न समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो कार्य स्थगित गरिएको सूचनामा जनाइएको छ ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश-२ सरकारले सामुदायिक विद्यालयको कक्षा-८ मा अध्ययन गर्ने छात्रालाई साइकल बितरण गर्दै आएको थियो ।

प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीको बीमा गर्ने कार्य शुरु गरेपनि पछिल्लो बर्षदेखि यो कार्य पनि बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?