+

फुटबल टिमको प्रशिक्षण बुधबारदेखि पोखरामा हुने

२०७८ साउन  २४ गते १८:५२ २०७८ साउन २४ गते १८:५२
फुटबल टिमको प्रशिक्षण बुधबारदेखि पोखरामा हुने

२४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि खेलाडी र अफिसियलसहितको टोली मंगलबार पोखरा पुग्ने जनाएको छ ।

नेपाली टोली अहिले साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरको अन्तिम चरणको छनोटको तयारीमा छ । १० दिनको विश्रामपछि नेपाली टिमको प्रशिक्षण पोखरामा शुरु हुन लागेको हो ।

प्रकाश बुढाथोकी र एरिक विष्ट पोखराको प्रशिक्षणमा सहभागी नहुने र उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे र गोलकिपर विशाल सुनार सहभागी हुने एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणमा यसअघि ३६ खेलाडीले प्रशिक्षण गर्दै आएका थिए । पोखरामा हुने प्रशिक्षणमा ३७ खेलाडी सामेल हुनेछन् । आगामी सेप्टेम्बरमा हुने च्याम्पियनसिप अघि नेपालले आगामी भदौमा दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, बिक्रम लामा, जर्ज प्रिन्स कार्की ।

फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय