Comments Add Comment

मौद्रिक नीति यसै साता सार्वजनिक हुने

२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला हुन गएको उनको भनाई छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउँ पुग्ने गरी केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ । साउन पहिलो साता नै नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी समेत गरेको थियो ।

चालु आर्थिक वर्षका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट ल्याइसके पछि नयाँ सरकार गठन भयो । आर्थिक वर्षको अन्त्य हुनै लागेका बेला नयाँ सरकार गठन भएपछि सरकारी नीति र बजेट संशोधन हुन सक्ने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा ढिलाइ गरिरहेको छ ।

तर अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएको र आफूले सुझावमात्रै दिनसक्ने बताएका छन् । अर्थमन्त्रीले अनावश्यक हस्तक्षेप नगर्ने संकेत पाएपछि गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभाको अर्थ समितिमा आइतबार वा सोमबार नै मौद्रिक नीति सार्वजनिक हुने बताएका थिए ।

आइतबार मौद्रिक नीति सार्वजनिक भएन । आज सोमबार पनि सार्वजनिक हुने सम्भावना नरहेको राष्ट्र बैंक श्रोतले बताएको छ ।

‘सोमबार र मंगलबार सार्वजनिक हुने सम्भावना छैन, अब त्यसपछि यो साताभित्रमा सार्वजनिक गर्ने तयारी हो’ राष्ट्र बैंक श्रोतले भन्यो । सोमबार र मंगलबारसम्म राष्ट्र बैंकको सञ्चालक समिति बैठक बस्ने तयारी समेत छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment