Comments Add Comment

के पलविना मलिकाको भिडियो चल्दैन ?

४ दिन अगाडि नायिका मलिका महत्त अभिनित म्यूजिक भिडियो ‘तिम्रो माया’ सार्वजनिक भयो । यो भिडियोमा मलिकाले कुन्साङ बोम्जनसँग अभिनय गरेकी छिन् । यो गीतको शब्द, संगीत, स्वर र भिडियोलाई लिएर खुबै चर्चा पनि भैरहेको छ । तर, भिडियोले भ्यूज भने पाएको छैन । ४ दिनमा १ लाख ३५ हजार भ्यूज पाएको यो गीतले राम्रो भएर पनि दर्शकको साथ किन नपाएको होला ?

नेपाली म्यूजिक भिडियोकी सर्वाधिक महंगो मोडल मलिका महत्तको नाममा पनि यो भिडियो चलेन । यस्तै भएको थियो मलिकाको अर्को एक भिडियो ।

मलिका महत्त अभिनित ‘वर आउन माया’ बोलको म्यूजिक भिडियो ५ महिना अगाडि रिलिज भयो । यो भिडियोमा मलिकाले सोनाल तामाङसँग अभिनय गरेकी थिइन् । यो गीत र भिडियो चलेन । यो गीत सार्वजनिक हुँदा मलिका ‘फुलबुट्टे सारी’ बोलको गीतका कारण चर्चामा थिइन् ।

मलिका एक्लैले भिडियोमा भ्यूज तान्न नसकेको देखिन्छ । अर्कोतिर, उनले नायक पल शाहसँग अभिनय गरेका ३ वटा भिडियोले १ करोड भन्दा बढी भ्यूज पाइसकेका छन् । यस्तै, ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीतको भिडियोले २ सातामा ४२ लाख भ्यूज पाइसकेको छ ।

यसको अर्थ, के मलिका पलविना नचल्ने नै हुन् त ? मलिका आफै पनि भिडियो किन चलेन भनेर आफूलाई थाहा नहुने बताउँछिन् । उनले, भिडियोमा दर्शकले आफ्नो कामबारे दिने प्रतिक्रिया आफूलाई महत्वपूर्ण हुने बताइन् । मलिकाले युटुबमा कस्ता खालका बिषय चल्छन् भन्ने कुराले पनि महत्वपूर्ण हुने तर्क गरिन् । युटुबमा गीतको भ्यूज गयो कि गएन भनेर आफूले ध्यान नराख्ने उनको तर्क छ । उनले, भ्यूज भन्दा पनि आफ्ना साथीभाई, आफन्तले प्रशंसा गरेको भन्दै यसले नै खुशी बनाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment