
२५ साउन, काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् ।
सुवेदीले बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ ।
सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयहरुको सहयोगमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4