+
+
Shares

सरकारलाई ओलीको प्रश्न : क्यान्टोनमेन्ट भ्रष्टाचारको छानबिन हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १७:३३
फाइल तस्वीर

२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको साझा न्यूनतम कार्यक्रम विपक्षी विरुद्ध झुटको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

उाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति/संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने प्लानको संज्ञा दिएका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर्ने रे !’ सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जाको छानबिन हुन्छ ?’

उनले अघि भनेका छन्, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीकाण्ड कहिले भएको थियो ? संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ?’

आफूहरुलाई फसाउन खोजे प्रतिकार गर्ने उनको चेतावनी छ । पूर्व प्रधानमन्त्री ओलीले भने, ‘हाछ्यु खाएँ, बाछ्यु खाएँ झुसे बारुलो । एमालेले तमाम देशभक्त, लोकतान्त्रिक  र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्नेछ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?