Comments Add Comment

कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पताल पुगे

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेता केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड सोमबार साँझ थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन् । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पनि कुरा गरेको अस्पतालले जनाएको छ ।

माओवादी केन्द्रका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि केही दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातीमा समेत सामान्य समस्या देखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment