+
+
Shares

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते ७:०८

२६ साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।

बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति सवा आठ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?