Comments Add Comment

अनलाइन कक्षा र तनावले बच्चामा एन्जाइटी डिसअर्डरको जोखिम, कसरी बचाउने

घरको रासनदेखि कार्यालयको तनावसम्म घरका सबै जिम्मेवारी घरका ज्येष्ठ सदस्यहरू उठाउँछन् । बच्चाको साना आवश्यकता होस् या परिवारको जिम्मेवारी नै किन नहोस् । यी सबै परिवारको ज्येष्ठ सदस्यको काँधमा आउने गर्छ । तर बच्चाहरुका लागि पढाइ र खेलकुद आवश्यक छ । जो मान्छे हरेक काम उत्साहपूर्वक गर्छन् उनीहरुमा मानसिक रोगको समस्या छ भन्ने लाग्छ । सबैले यो कुरा त स्वीकार्दैनन् । यो लेखमा हामी बच्चामा इन्जाइटी डिसअर्डरको समस्यामाथि चर्चा गर्नेछौं ।

एन्जाइटी डिसअर्डर के हो ?

एन्जाइटी डिसअर्डरका कारण बच्चाहरुमा धेरै परिवर्तन देख्न सकिन्छ। जसले बच्चाहरूमा सामान्यभन्दा धेरै डर र चिन्ता उब्जाउने गर्छ । यसबाहेक अन्य प्रकारका धेरै परिवर्तनहरू देखिन्छ । बच्चाहरुको व्यवहार परिवर्तनको रूपमा उनीहरु सामान्य दिनहरु जस्तै मानिसहरुसँग कुरा गर्दैनन् ।

अचानक बच्चाहरुमा धेरै परिवर्तन देखियो, यो पनि एन्जाइटीको ठूलो समस्या हो

अहिलेको माहोल त सबैको लागि समस्या भरिएको छ । तर बच्चाको लागि यो समयको वातावरण सबैको लागि चिन्ताग्रस्त छ । तर बच्चाहरुका लागि यो समय अधिक चुनौतीपूर्ण पनि छ।

बच्चाहरुलाई पहिले बाहिर खेल्न सिकाउने गरिन्थ्यो । जस्तो समयमा स्कूल जाने, अरूसँग कुराकानी गर्ने आदि । तर अहिले उनीहरुलाई एक्कासी सबै कामहरू नगर्न दबाब दिइयो । जसका कारण उनीहरुमा ठूलो असर परिरहेको छ। यी कारणले धेरै बच्चाहरु चिन्ता र विकारको समस्याबाट पीडित छन् । वाल विशेषाज्ञहरू यी सबै परिवर्तनको कारण बच्चाहरु अलमलमा परेको दाबी गर्छिन् । खेल्ने, सुत्ने जस्ता बानीमा हुने परिवर्तनले बच्चाहरुको दिलमा धेरै प्रश्न उब्जिएका छन् । तर न त आमाबाबु, न त शिक्षकहरुले नै यसको बारेमा जवाफ दिन सकेका छन् । कि किन उनीहरूको परिवर्तन भइरहेको छ ।

वातावरण जिम्मेवार

विशेषज्ञहरू पहिले बच्चाहरू दैनिक विद्यालय जान्थे, खेल खेल्थे, आमाबुबासहित अन्य मानिसहरुलाई भेट्थे। यी सबै कारणले उनीहरूको आत्मविश्वासको स्तर बढ्यो। बच्चाहरु दिनभरमा धेरै मानिसहरु भेट्दा उनीहरू सामाजिक स्वाभावका थिए । तर अब यी सबै सम्पर्क टुटेको छ, अनलाइन कक्षापछि, सारा दिन आमा बुबा, दिदीभाइहरूसँग घरमै बिताउने गर्दा बच्चाहरूमा पनिहलेको जस्तो व्यवहार नभएको हो । यस्ता बच्चाहरु आफ्ना आमा बुबासँग धेरै कुरा गर्न सक्दैनन्।

बच्चामा आएको हुन सक्छ निम्न प्रकारको समस्या

– बच्चाहरुमा भ्रम बढेको छ

– सुत्ने बानी बदलिएको छ

– सामाजीकरण घटेको छ

– बच्चाहरुको आत्मविश्वास घटेको छ

– सिक्न सक्ने क्षमता घटेको छ । पहिले बच्चाहरु कक्षामा कहिले आफ्ना साथीहरू या अन्यलाई देखेर सिक्ने गर्थे । तर अहिले त्यो हुन छाडेको छ ।

–बिस्तारै नवीनता, रचनात्मक सोच्नको लागि क्षमता घट्दैछ

–बच्चाहरु अनलाइन कक्षा र गृहकार्यका कारण समस्यामा पर्ने गरेका छन् ।

बच्चाहरुको यी संकेत चिन्नुहोस्

यो वयस्क र आमाबाबुको जिम्मेवारी हो कि बच्चाहरु चिन्तित भएको कुरालाई राम्रोसँग चिन्नु । जब बच्चा कुनै कुरामा अडिग रहन्छ, आफूभन्दा ठूलाको कुरा सुन्दैन । तब बुझ्नुहोस् कि बच्चा रिसाएको छ वा केही कुरा लुकाइरहेको छ। धेरै पटक बच्चाले बोल्न वा ठूला मान्छेद्वारा बताइएको काम गर्न अस्वीकार गर्छ । अन्य लक्षणहरु बच्चामा देख्न सकिन्छ, जो वयस्कलाई बुझ्न सक्दैनन्। जस्तै, डराएको, चिन्तित, नर्भस आदि।

विशेषज्ञहरु भन्छन् कि यो समस्याको कारण बच्चाहरू केवल मानसिक रूपमा अशान्त छन् । तर शारीरिक रूपमा बच्चामा धेरै परिवर्तन हुन्छ। उदाहरणका लागि उनी अस्थिर र सास फेर्न गाह्रो हुन सक्छ ।

बच्चाहरुलाई कसरी सहयोग गर्न सकिन्छ ?

विशेषज्ञहरु यदि बच्चा चिन्तामा छ र यसले उसलाई समस्यामा पारिरहेको छ भने यी कदमहरु लिनुपर्छ । जस्तै :

– जानकारहरू बताउँछन् कि यदि तपाईंको बच्चालाई एन्जाइटी भएको छ भने उनीहरूलाई जानकाहरू कहाँ लगेर उसको उपचारको बारेमा छलफल गर्नुपर्छ ।
– चिकित्सकसँग कुरा गरिसकेपछि आमाबाबुले बच्चाको आवश्यकता अनुसारको कदम चाल्नुपर्छ।
– आमाबाबुलाई बच्चाको डरबाट बाहिर निकाल्न मद्दत गर्नुहोस्, यसको लागि तपाईं‌ चिकित्सकको सल्लाह लिन सक्नुहुन्छ, – बच्चाको आत्मविश्वास बढाउनुहोस् ताकि उनीहरू डर र समस्याबाट बाहिर आउन सकून्
–बच्चा र उसको भावनालाई बुझ्ने कोसिस गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment