Comments Add Comment

मेस्सीको बहिर्गमन बार्सिलोनाका लागि आशीर्वाद हुन सक्छ

अब ला मासियाका खेलाडीमा विश्वास राख्न सक्छन्

२६ साउन, काठमाडौं । लिओनल मेस्सी जत्तिको क्षमता भएको खेलाडीलाई कुनै पनि क्लबले अस्वीकार गर्दैन । तर आर्थिक संकटका कारण बार्सिलोनाबाट मेस्सीको बहिर्गमनपछि उनको घट्दो गुणस्तरको कुनै शंका गर्नुको सट्टा क्याटलान क्लबलाई फेरि क्लब सेट गर्ने मौका दिएको छ । र, फेरि एकपटक चर्चित ला मासिया एकेडेमीमा केन्द्रित हुन अवसर दिनेछ ।

रोनाल्ड कोएमनले गत वर्ष बार्सिलोनाको आर्थिक सीमिततालाई पहिचान गर्दै विभिन्न युवा खेलाडीहरुमा विश्वास देखाएका थिए । उनले पेड्री रोनाल्डो रअउजो ओस्कार मिङगुएजा इलाइक्स मोरिबा जस्ता खेलाडीमा विश्वास देखाए ।

मेस्सीको अनुपस्थितिमा युवा खेलाडीहरुलाई ल्याउने प्रक्रिया नि:सन्देह छिटो हुनेछ ।

मेस्सी जस्तो खेलाडी हुनुको अर्थ बार्सिलोनाले प्रतिस्पर्धात्मक खेल्ने र च्याम्पियन्स लिग जित्ने आकांक्षा राख्नु हो । अब ३४ वर्षीय मेसीले क्याम्प नोउबाट आफ्नो बिदा घोषणा गरिसके । अब बार्सिलोनाले अधिक यथार्यवादी लक्ष्यहरु राख्न सक्छ ।

प्रि-सिजनको सकारात्मक पक्ष

बार्सिलोनाको आर्थिक यस्तो गडबडी छ कि यो स्पष्ट छैन यदि नयाँ अनुबन्ध गरिएका मेम्फिस डिपाए, एरिक गार्सिया, सर्जियो अगुएरो र इमर्सन रोयल यसै साता शुरु हुने ला लिगामा रियल सोसिडाडविरुद्धको खेलमा दर्ता गर्न सक्षम हुनेछन् ।

मेस्सीपछि ट्रान्सफर विन्डोमा अझै केही खेलाडीले बार्सिलोना छाड्न सक्नेछन् । ७० प्रतिशत तलब दिँदा पनि बार्सिलोनाको अझै ९५ प्रतिशत राजस्व खेलाडीको तलबमै खर्च हुनेछ ।

तर यो प्रिसीजनले देखाएको छ कि क्लबका धेरै युवा खेलाडीहरु अगाडि बढ्नका लागि तयार छन् ।

गाभी, निको गोन्जालेज, अलेजान्द्रो बाल्डे र युसुफ डेमिर सबैले राम्रो सम्भावना देखाएका छन् । उनीहरुलाई २०२१/२२ मा कोएमनले प्रयोग गर्न सक्नेछन् । किनकि बार्सिलोना क्याम्प नोउमा नयाँ युमा प्रवेश गर्दैछ । वर्तमानभन्दा पनि भविष्यको लागि हेरिरहेको छ ।

बार्सिलोनाले पेप ग्वार्डिओला युगमा विश्वभरबाट प्रशंसा कमाएको थियो । त्यो उनीहरुको असाधारण फुटबल को लागि मात्र नभई जुन तरिकाले ला मासियाका खेलाडीहरु टिम बनाइएको थियो त्यसका लागि पनि थियो ।

अहिले क्लब आर्थिक संघर्षबाट गुज्रिरहेको छ र यो चाँडै समाधान हुने सम्भावना छैन । कोएमनले बार्सिलोनामा एक नयाँ रुपको टिमको खाका बनाउनका लागि तयार छन् ।

बार्सिलोनाले अर्को सिजन च्याम्पियन्स लिग जित्नको लागि आफ्नो प्रतिक्षा समाप्त गर्ने धेरै सम्भावना छैन । बार्सिलोनाले २०१५ पछि च्याम्पियन्स लिग ट्रफी जित्न सकेको छैन । तर गत सिजनले देखाएको छ कि युवा खेलाडीहरुले युरोपमा खेलेर प्राप्त गर्न सक्ने अनुभवले मात्र उनीहरुलाई फाइदा पुग्दैन । तर क्लबले पनि क्याटलानाको रुपमा आफ्नो इतिहासमै सर्वश्रेष्ठ खेलाडी लिओनल मेस्सीविनाको जीवन समायोजन गर्नका लागि अगाडि बढ्नुपर्छ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment