+
+
Shares

आज आर्थिक श्वेतपत्र ल्याउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते ११:०३

२६ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ ।

उनले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने जानकारी दिन यस्तो श्वेतपत्र जारी गरिन्छ ।

यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?