Comments Add Comment

ज्योति पासवान मृत्यु प्रकरण : प्रेमीविरुद्ध जाहेरी दर्ता

२७ साउन, सप्तरी । सप्तरीको सुरुंगा नगरपालिका-७ पोखरियाकी ज्योति पासवानको मृत्यु प्रकरणमा उनका प्रेमी कृष्ण मिश्राविरुद्ध उजुरी दर्ता गरिएको छ ।

झाविरुद्ध ज्योतिका पिता प्रमोदले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् । प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए ।

कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गरेको प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ती समेत दिलाइदिन माग गरिएको छ ।

सुरुंगा ७ पोखरियाकै कृष्णले गत फागुन १० गते मेरो श्रीमती रहेको भन्दै ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुवाले कुनै किसिमको सम्पति नदिने भन्दै कागज गराउँदा उनले हाँसी-हाँसी औंठाछाप लगाएको थिए ।

ज्योतिलाई कृष्णले पाँच महीनासम्म आफैसँग राखेका थिए । कृष्णअसारको पहिलो साता कोठा खोज्न जाँदैछु भन्दै लहानको पुष्पाञ्जली लजबाट बाहिरिएका थिए । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेर भनेकी थिइन् ।

केही समयपछि ज्योतिका बुवा प्रमोदले उनलाई घर लिएर गएका थिए ।

ज्योतिले आफ्नै घरमा यही साउन २३ गते आत्महत्या गरेकी थिइन् ।

यो पनि पढ्नुहोस प्रेमीले धोका दिएपछि ज्यानलाई यसरी तिलाञ्जली दिइन् ज्योतिले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment