Comments Add Comment

जेफ बेजोसले किन पाएनन् अन्तरीक्षयात्रीको मान्यता ? कारण यस्तो छ

२७ साउन, काठमाडौं । दुई अमेरिकी अर्बपतिहरु रिचार्ड ब्रान्सन र जेफ बेजोसले गत जुलाई महिनामा आ आफ्नै कम्पनीको अन्तरीक्षयानमार्फत् अन्तरीक्ष यात्रा गरेर इतिहास रचे ।

ब्रान्सन अन्तरीक्षयात्रामा जाने विश्वको पहिलो अर्बपति बने भने अमेजन मालिक बेजोस दोश्रो अर्बपति बने ।

भर्जिन ग्यालाक्टिकका मालिक रिचार्ड ब्रान्सन गत जुलाई ११ मा तथा ब्लु ओरिजिनका मालिक जेफ बेजोसले गत जुलाई २० मा आफ्नै कम्पनीको रकेट मार्फत् अन्तरीक्षमा उडान भरेका हुन् ।

तर यो महान उपलब्धी हासिल गर्ने बेजोस र ब्रान्सन अन्तरीक्षयात्री बन्न चाहीँ असफल भएका छन् । उनीहरु अन्तरीक्ष यात्रीको मान्यता पाउन असफल भएका छन् र केवल अन्तरीक्ष पर्यटक मात्र बन्न सफल भएका छन् । आखिर किन त ?

हामीकहाँ भए त धनाढ्यहरुको स्वार्थमा सरकारले नियम कानून परिवर्तन गथ्र्यो होला । तर अमेरिका सरकारले चाहीँ यस्तो नियम बनाइदिएको छ जसका कारण संसारकै धनी मानिस जेफ बेजोस समेत मारमा परे ।

अमेरिकाको संघीय उड्ययन प्रशासन (फेडरल एभियसन एडमिनिस्ट्रेसन) ले अन्तरीक्षयात्री अर्थात् एट्रोनट बन्नका लागि आवश्यक पर्ने शर्तहरुमा हालै केही परिवर्तन गरेको छ । नयाँ नियम अनुसार नै बेजोस र ब्रान्सन अन्तरीक्षयात्री कहलिनका लागि अयोग्य सावित भएका हुन् ।

के छ नयाँ नियममा ?

यदि यसअघिको कानून नै यथावत रहन्थ्यो भने बेजोस र ब्रान्सन अन्तरीक्षयात्री बन्न सफल हुन्थे । किनकी अन्तरीक्ष उडानका लागि एफएएका पूराना सबै मापदण्डहरु उनीहरुले पूरा गरेका थिए ।

तर सन् २००४ मा एफएएको स्थापना भएपश्चात् हालै पहिलोपटक यसको नियम परिवर्तन गरियो । एफएएको कमर्सियल एन्ट्रोनट विंग्स कार्यक्रमको नयाँ नियम अनुसार अन्तरीक्षयात्री बन्नका लागि कम्तिमा ५० माइलसम्मको उचाइँमा उडान भर्नुपर्ने हुन्छ ।

यी दुबै मापदण्ड बेजोस र ब्रान्सनले पूरा गरेका छन् । तर एफएएको व्यवसायिक अन्तरीक्षयात्रीको मान्यता हासिल गर्नका लागि अब अन्तरीक्षयात्रीहरुले रकेट उडानका क्रममा रकेटभित्र ती गतिविधिहरु प्रदर्शन गर्नुपर्ने हुन्छ जुन प्रशिक्षणका बेला सिकाइएको हुन्छ ।

साथै अन्तरीक्षयात्री बन्नका लागि यानको चालक दलको एक हिस्सा हुनु पदर्दछ र उडानलाई सुरक्षित बनाउनका लागि केही न केही भूमिका खेलेको हुनुपर्दछ ।

यस्तो नियमका कारणले जेफ बेजोस र रिचार्ड ब्रान्सनले अन्तरीक्षयात्रीको योग्यता पूरा गर्न नसकेका हुन् ।

एफएएका अनुसार व्यवसायिक अन्तरीक्ष उडानहरुका बेला समेत सार्वजनिक सुरक्षाप्रतिको आफुहरुको प्रत्यक्ष भूमिका स्थापित गर्न यस्तो नियम बनाइएको हो ।

यद्यपि बेजोस र ब्रान्सनले आफुहरुलाई अन्तरीक्षयात्रीको मान्यता प्रदान गर्न हालसम्म कुनै निवेदन नदिएको एफएएका अधिकारीले जनाएका छन् ।

नयाँ नियम अनुसार उनीहरुले व्यवसायिक अन्तरीक्षयात्रीको मान्यता पाउन नसक्ने देखिएको भएपनि सम्मानार्थ अन्तरीक्षयात्रीको मान्यता पाउनसक्ने सम्भावना रहेको बताइएको छ । नयाँ नियमानुसार एफएएले अन्तरीक्षमा उडान गर्ने जोकोही व्यक्तिलाई मेरिटको आधारमा निर्णय गरी सम्मानार्थ अन्तरीक्षयात्रीको उपाधि दिन सक्दछ ।

स्मरण रहोस् अमेरिकामा सर्वप्रथम अन्तरीक्षयात्रीको मान्यता पाउनेमा एलन शेफर्ड जुनियर र भर्जिल ग्रिसोम हुन् । मक्र्युरी सेभेन अन्तरीक्ष कार्यक्रममा सहभागी उनीहरुले सन् १९६० को पूर्वार्धमै अन्तरीक्षयात्रीको मान्यता पाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment