
बलिउड नायक सैफअली खान र नायिका करिना कपुरले पहिलो सन्तानको रुपमा छोरा तैमुरअली खानलाई जन्म दिए । जब, उनको नाम सार्वजनिक भयो यसपछि भने विवाद सुरु भयो । उनीहरुले पहिलो सन्तान तैमुरको नाम मुगल बादशाहको नाममा आधारित रहेर नै राखेका थिए । अब, उनीहरुले दोश्रो सन्तानको नाम जहांगीर अली खान राखेका छन् ।
सोमबार करिनाले सामाजिक संजालबाट दोश्रो सन्तानको नाम सार्वजनिक गरेकी थिइन् । नाम सार्वजनिक भएसँगै उनीहरु ट्रोलर्सको निशानामा परेका छन् । अधिकांश सामाजिक संजाल प्रयोगकर्ताले करिना र सैफले मुगल शासकको टिम नै बनाउन लागेको भन्दै आलोचना गरेका छन् ।
कतिपयले त हिन्दु र सिखलाई तल्लो स्तरमा देखाउनका लागि उनीहरुले २ छोराको नाम राखेको भन्दै आलोचना पनि गरेका छन् । मुगल बादशाह अकबरका छोरा सलिमको नाम नै जहांगीर थियो । जहांगीर एक पारसी शब्द हो, जसको अर्थ दुनियाँमा राज गर्ने व्यक्ति भनेर वुझिन्छ ।
प्रतिक्रिया 4