+
+

मोतीलाल दुगडलाई कारवाही माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १५:५३

२७ साउन, काठमाडौं । पूर्व उद्योग राज्यमन्त्री एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै प्रधानमन्त्री तथा पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवैध काराबार गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दर्ता गराएको हो।

नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको मञ्चले जनाएको छ । उक्त कम्पनीले एक सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गरेको पनि मञ्चले उजुरीमा जनाइएको छ । खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको पनि मञ्चको दाबी छ ।

नेपालमा आयोडिनयुक्त नूनको उत्पादन, भण्डारण तथा बिक्रि बितरणको लागी सरकारले साल्ट ट्रेडिंग कर्पोरेशनलाई मात्रै अधिकार दिएकोमा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री दुगडले प्रचलित नियम कानूनको उल्लंघन गरेको उजुरीमा भनिएको छ ।

‘अवैध नूनबारे गत वर्ष असोजमा तत्कालिन प्रधानमन्त्रीलाई जानकारी गराए पनि करिव ११ महिनासम्म कुनै कारबाही भएन, वर्तमान सरकारको ध्यान पुगोस्,’ मञ्चको उजुरीमा भनिएको छ ।

दूगडको व्यवसायलाई साथ दिएर कारबाही नगर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अधिकारीलाई पनि उजुरीमा कारबाही माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?