Comments Add Comment

भारतको हिमाचल प्रदेशमा पहिरो, बस र ट्रकहरु पुरिएको आशंका

२७ साउन, काठमाडौं । भारतको हिमाचल प्रान्तको किन्नौर जिल्लाको भावानगरमा पहिरो जाँदा बस, ट्रकलगायतका केही सवारीसाधन पुरिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बुधबार अचानक पहिरो गएको हो ।

हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले यो घटनाबारे जानकारी दिँदै पहिरोमा पुरिएका मानिसलाई सुरक्षित निकाल्न हरसम्भव प्रयास भइरहेको बताएका छन् । उनले यो घटनाबाट प्रभावित हुने मानिसलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।

हिमाचलको इमर्जेन्सी अपरेसन सेन्टरका अनुसार यो पहिरोमा कम्तीमा २५–३० जना मानिसहरु पुरिएका छन् । स्थानीय समयअनुसार १२ देखि साढे १२ बजे यो घटना भएको हो ।

पहिरो गएसँगै उद्धारको काम सुरु गरिएको अधिकारीहरुले बताएका छन् । स्थानीय प्रशासनका अनुसार अहिले पनि माथिबाट ढुङ्गा खसिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो घटनाबारे जानकारी लिँदै राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment