+
+
Shares

मालीका नेपाली शान्ति सैनिक फेरबदल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १९:३१

२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ ।

मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।

मालीमा प्रमुख सेनानी संगीत पुन नेतृत्वको आठौं डफ्फाको १३९ जनाको टोली पठाइएको छ ।

पुन नेतृत्वको टोली साउन २६ गते नै मिशन इलाका प्रस्थान गरिसकेका छन् ।

यस्तै मालीमा मिशन सकिएको सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना सैनिकहरुको टोली साउन २६ गते नै नेपाल आइपुगेको जंगी अड्डाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?