
२८ साउन, काठमाडौं । आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।
पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । पछिल्लो समय पुन: काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4