Comments Add Comment

बेलायतबाट रुस पुग्ने कीर्तिमानी चमेरो, बिरालोले मारिदियो

२८ साउन, काठमाडौं । बेलायतको लण्डनबाट रुससम्म यात्रा गरेर एउटा चमेराले कीर्तिमान कायम गरेको छ । तर २ हजार १८ किलोमिटर भन्दा धेरै कीर्तिमानी यात्रा गर्ने उक्त चमेरो बिरालोद्धारा मारिएको छ ।

मानिसको औँलाजत्रै आकारको नाथुसियस पिपिस्ट्रेल प्रजातिको पोथी चमेरोलाई रुसको स्कोभ क्षेत्रमा एक बिरालोले मारिदिएको हो ।

उक्त चमेरोको पखेटामा लण्डन चिडियाखानाको चिन्ह भेटिएको छ । जनावर अधिकारवादी समूहका एक सदस्यले घाइते अवस्थामा सो चमेरो फेला पारेका थिए । उपचारका बाबजुत त्यसलाई बँचाउन भने उनीहरु असफल रहे ।

उक्त चमेरोको तौल ८ ग्राम थियो । स्कोभ क्षेत्रमा पर्ने मोलगिनो नामको एक सानो गाउँमा स्थानीय स्वेतलाना लापिनाले उक्त चमेरो फेला पारेकी थिइन् । उनले बेलायतको चमेरा संरक्षण कोषलाई त्यसबारे जानकारी दिइन् ।

बेलायतको चमेरा संरक्षण कोषकी प्रमुख लिसा भर्लेसका अनुसार चमेरोले त्यतिधेरै यात्रा गर्नु कीर्तिमान तथा उल्लेखनीय यात्रा हो । बेलायतको कुनैपनि चमेराले गरेको यो सबैभन्दा लामो यात्रा भएको उनको भनाई छ ।

नाथुसियस पिपिस्ट्रेल चमगादड़ की एक तस्वीर

उनले उक्त चमेरोलाई गज्जबको ओलम्पियन धावन भनेकी छिन् । उनका अनुसार उसको यात्रा एक रोमान्चक वैज्ञानिक खोज हो र चमेराको यात्राको रहस्यको एक सानो अंश हो ।

सन् २०१६ मा लण्डनमा चमेरा शोधकर्ता ब्रायन ब्रिग्सले उक्त चमेरालाई समाएर त्यसको पखेटामा लण्डन चिडियाखानाको संकेत लेखिदिएका थिए ।

५ वर्ष अगाडिको त्यो चमेराले कीर्तिमानी यात्रा गरेर रुस पुगेको कुरा निकै रोमाञ्चक तथा असाधारण भएको उनको भनाइ छ ।

स्मरण रहोस् नाथुसियस पिपिस्ट्रेल प्रजातिकै अर्को चमेराले गरेको सबैभन्दा लामो यात्राको कीर्तिमान चाहीँ यो चमेराले भंग गर्न सकेन । सन् २०१९ मा यहीँ प्रजातिको एक चमेरा लाट्भियाबाट स्पेनसम्मको २२४४ किलोमिटर यात्रा गेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment