+
+

पेस्तोलसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १७:२२

२८ साउन, बुटवल । कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँ रहेका छन् ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगंज नगरपालिका-९ औरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थमा हिँडिरहेको समयमा खान तलासी गर्दा लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको उनले बताए ।

पक्राउ परेका दुवै जनाले दिएको बयानको आधारमा समसादलाई पनि नियन्त्रणमा लिएको उनले बताए । समसादले उक्त पेस्तोल र गोली आफूहरुलाई राख्न दिएको बयान लक्ष्मण र विश्वम्वरले प्रहरी समक्ष दिएका थिए । पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?