२८ साउन, काठमाडौं । रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् ।
रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।
महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4