Comments Add Comment

सात वर्षपछि चेल्सी फर्किए लुकाकु

२९ साउन, काठमाडौं । बेल्जियन फरवार्ड रोमेलु लुकाकु सात वर्षपछि इंग्लिस क्लब चेल्सी फर्किएका छन् । लण्डन क्लब चेल्सीले बिहीबार फरवार्ड लुकाकुलाई अनुबन्ध गरेको छ ।

चेल्सीले लुकाकुलाई इटालियन क्लब इन्टर मिलानबाट ९७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

पुरानै क्लबमा फर्केपछि लुकाकुले खुशी व्यक्त गरेका छन् । ‘यो उत्कृष्ट क्लबमा फर्कन पाउँदा म धेरै खुशी र धन्य छु ।’ लुकाकुले चेल्सीको वेसाइटसँग भनेका छन् । ‘यो लामो यात्रा रह्यो । म यहाँ बच्चाको रुपमा आएको थिएँ जसले धेरै सिक्नु थियो । अहिले म धेरै अनुभव र परिपक्क भएर आएर छु ।’

लुकाकु बेल्जियन क्लब एन्डरलेटबाट २०११ मा चेल्सी पुगेका थिए । तर उनले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सीमा हुँदा धेरै अवसर नपाएका उनले वेष्टब्रोम र एभरटनबाट लोनमा समेत खेले ।

लुकाकुले सन् २०११ देखि २०१४ मा चेल्सीमा खेलेका थिए । त्यसपछि उनले एभरटनबाट खेले ।

एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १६६ खेलमा ८७ गोल गरेका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका लुकाकुले ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।

लुकाकु सन् २०१९ मा युनाइटेडबाट इन्टर मिलान पुगेका थिए । एक दशकमा इन्टरलाई पहिलो पटक सिरी ए लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका लुकाकुले गत सिजन ३६ खेलमा २४ गोल गरेका थिए ।

लुकाकुले बेल्जियमको राष्ट्रिय टिमका लागि ९८ खेलमा ६४ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment