
२९ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा नेपाल इन्भेष्टमेन्ट बैंकले उल्लेख्य मूनाफा आर्जन गरेको छ । बैंकले एक वर्षको अवधिमा ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा आर्जन गरेको हो ।
बैंकको यो मूनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५० दशमलव ६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३२ लाख रुपैयाँमात्रै मूनाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको सेयर पुँजी १४ प्रतिशतले, रिजर्भ एण्ड सरप्लस ८७ प्रतिशतले वृद्धि भएको छ । कर्जा १६.१५ प्रतिशत र सर्वसाधारणबाट संकलन हुने निक्षेपत्र ४.९३ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज अँम्दानी भने ३।२० प्रतिशतले घटेको छ ।
बैंकको प्रतिशतसेयर आम्दानी १७.०१ रुपैयाँबाट २२.४६ रुपैयाँ पुगेको छ । बैंकको निस्कृय कर्जामा पनि झिनो सुधार देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4