
चलचित्र र विज्ञापनको बजारमा सर्वाधिक माग भएकी नायिका हुन्, स्वस्तिमा खड्का । उनले अभिनय गरेको ‘चपली हाइट ३ र चिसो मान्छे’ रिलिजको प्रतिक्षा गरिरहेका छन् । स्वस्तिमालाई लकडाउनको समयमा पनि चलचित्रको अफरमा कुनै कमी आएको छैन ।
स्वस्तिमा विज्ञापन बजारमा पनि उत्तिकै हिट छिन् । पछिल्लो समय विज्ञापनमा सर्वाधिक छाएकी नायिका बनेकी छिन् स्वस्तिमा । म्यूजिक भिडियोमा पनि उनको क्रेज गज्जबको छ । अझ, उनी अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा सफलताको स्वाद चाखिरहेकी छिन् ।
चलचित्र, विज्ञापन र भिडियो बजारले दिएको सफलतालाई एकसाथ अगाडि बढाइरहेकी स्वस्तिमा यसलाई व्यवस्थापन पनि राम्रोसँग गरिरहेकी छिन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4