+
+
Shares

बेलायतमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १४:०४

२९ साउन, काठमाडौं । बिहीबार बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो आक्रमणमा मृत्यु हुनेमा १० वर्षीय बालक पनि रहेको विपक्षी लेकर पार्टीका स्थानीय सांसदले बताएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित भने नरहेको दाबी गरेको छ । बेलायतमा ११ वर्षपछि अन्धाधुन्ध गोली आक्रमण भएको हो ।

अहिले यो घटनाबारे अनुसन्धान चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?