Comments Add Comment

गिनिज बुकमा नाम लेखाएको संसारकै बुढो सुँगुर

गिनिज बुकमा नाम लेखाउने मौका एउटा सुँगुरले पनि प्राप्त गरेको छ । सबैभन्दा लामो उमेरसम्म बाँचेर एउटा सुँगुरले गिनिज बुकमा नाम लेखाएको हो ।

संसारमा मानव इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने व्यक्तिको नाम जिरोमोन किमुरा हो । जापानका किमुरा १२२ वर्ष अनि १६४ दिनसम्म जीवित रहे । त्यसो भए सबैभन्दा धेरै आयु बाँच्ने सुँगुरको उमेर कति भयो होला त ? हालै गिनिज बुकमा नाम लेखाएको उक्त सुँगुर २३ वर्षको भएको छ ।

अमेरिकाको इलिनोइसमा बस्ने एक दम्पतीले घरमा पालेको उक्त सुँगुरले अहिलेसम्मकै सबैभन्दा पाको उमेरको सुँगुरको रुपमा गिनिज बुकमा नाम लेखाएको हो ।

मुन्डेलिन क्षेत्रमा बस्ने प्याट्रिक कनिंघम र स्टेन कफम्यानका अनुसार उनीहरुले बेबी जेन नामक उक्त सुँगुरलाई जम्मा आठ हप्ताको छँदा भर्जिनियाबाट पाल्नका लागि ल्याएका थिए । अहिले यो सुँगुरको उमेर २३ वर्ष २ महिना नाघिसकेको छ ।

ती दम्पतीले उक्त सुँगुरलाई ओछ्यानमा सँगै सुताउँछन् । जेनलाई ओछ्यान निकै प्यारो लाग्ने र ऊ लमतन्न परेर ओछ्यानमा पल्टिएपछि आफूहरुका लागि निकै कम मात्रै ठाउँ बच्ने कनिंघम बताउँछन् ।

घरमा बेबी जेनसँगै लुसी नामको अर्को सुँगुर पनि उनीहरुले पालेका छन् । ती दुई सुँगुर निकै मिलीजुली घरमा बस्ने गरेका छन् । बेबी जेनलाई खेल्ने तथा नुहाउने समयमा मात्र घर बाहिर लैजाने गरिएको छ । अन्य समय बेबी जेन परिवारसँगै घरभित्रै बस्ने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment