Comments Add Comment

विश्‍वको पहिलो होटल जो फोहोरको बिजुलीबाट चल्छ

प्लास्टिक तथा खाद्यजन्य जैविक फोहोरहरु अहिले विश्वमा ठूलो समस्याको कारण बनिरहेका छन् । जापानको राजधानी टोकियोमा एउटा यस्तो होटल खुलेको छ जो पूर्णरुपमा यस्तै फोहोरमैलाबाट बनेको उर्जाबाट सञ्चालन हुन्छ ।

कावासागी किंग स्काइफ्रन्ट नामक उक्त होटलमा खपत हुने उर्जामध्ये ३० प्रतिशत उर्जा हाइड्रोजन उर्जा प्लास्टिक फोहोरबाट तथा ७० प्रतिशत उर्जा खेर गएको खानेकुराको फोहोरबाट उत्पादन हुन्छ ।

जापानी कम्पनी तोसिबाले फोहोरबाट हाइड्रोजन उर्जा बनाउने प्रविधिको विकास गरेको हो ।

हाइड्रोजन इन्धन सेल प्रणालीले कार्वन उत्सर्जन विनै हाइड्रोजनलाई बिजुलीमा परिणत गर्दछ । यो प्रणालीबाट होटलभर नै उर्जा वितरण हुन्छ । हाइड्रोजनको निश्चित मात्रा निरन्तर प्राप्त भैरहेको हुन्छ र यो पूरै प्रक्रिया कार्वनमुक्त छ ।

यहाँ सबै खाले फोहोरहरु जस्तै पाहुनाहरुले प्रयोग गरेका टुथब्रस तथा काँगियो समेतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरिन्छ ।

माटो विनाका रुख

यो होटलले फोहोरबाट हाइड्रोजन उर्जाको विजुली मात्र होइन माटो विनै रुखविरुवा समेत उमारेको छ । पानीमै रुख उमार्ने त्यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ । त्यहाँ प्रकाश सश्लेषणका लागि एलइडी प्रकाशको प्रयोग हुन्छ । होटलको लबीमा अर्गानिक सागको खेती गरेर पाहुनाहरुलाई खुवाउने गरिन्छ ।

यो होटलले वार्षिक ३ लाख क्युबिक नानोमिटर हाइड्रोजनको आपूर्ति गर्दछ । यसबाट चार लाख ४० हजार किलोवाट विजुली उत्पादन हुन्छ । उक्त विजुलीले एक वर्षका लागि ८२ घरमा उर्जाको आवश्यकता पूरा गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment