+
+
Shares

दलाई लामाले आफ्नो उत्तराधिकारीबारे के भने ?

लामाले आफ्नो उत्तराधिकारी बारे यसअघि यसरी स्पष्ट रूपमा धारणा राखेका थिएनन् । तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी चयनको विषयमा उनले यसपटक स्पष्ट धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:०६

१८ असार, काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो मृत्युपछि पनि धर्मगुरु चयन गर्ने परम्परा निरन्तर रहने स्पष्ट पारेका छन्।

लामाले आफ्नो उत्तराधिकारी बारे यसअघि यसरी स्पष्ट रूपमा धारणा राखेका थिएनन् । तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी चयनको विषयमा उनले यसपटक स्पष्ट धारणा राखेका छन् ।

उनले आफ्नो पुनर्जन्म पहिचान र खोज गर्ने सम्पूर्ण प्रक्रिया गदेन फोडरङ फाउण्डेशनको मातहतमा हुने उल्लेख गरेका छन् । ‘अन्य कसैलाई यसमा हस्तक्षेप गर्ने अधिकार छैन,’ उनले भने ।

दलाई लामालाई तिब्बतका संरक्षक देवता अवलोकितेश्वरको जीवित अवतार मानिन्छ। अवलोकितेश्वर भनेको बौद्ध धर्ममा करुणाका प्रतीक भगवान हुन् ।

दलाई लामाको परम्परा तीब्बतमा प्राचीन मानिन्छ । १५औँ शताब्दीदेखि अहिलेसम्म १४ जना दलाई लामा भइसकेका छन् ।

यस वर्ष मार्चमा प्रकाशित ‘भ्वाइस फर द भ्वाइसलेस’ नामक पुस्तकमा दलाई लामाले उत्तराधिकारीको जन्म सम्भवतः चीनबाहिर हुन सक्ने उल्लेख गरेका थिए।

तिब्बती परम्पराअनुसार, दलाई लामाको निधनपछि उनको पुनर्जन्म भएको बालकको खोजी गरिन्छ र त्यसलाई नयाँ धर्मगुरुका रूपमा मान्यता दिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?