Comments Add Comment

नेपाल र अष्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता

फाइल तस्वीर

२९ साउन, काठमाडौं । नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागरकुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गरे । जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले जानकारी दिए । यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको उनले बताए ।

सचिव राईले कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको जानकारी दिए । ‘नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो भन्ने संस्थासँग मिलेर हामीले सम्पन्न गरेका हौं, र यसमा अरु पनि जेभीएस र पीआई भन्ने संस्था पनि रहेको छ । यो चार वर्षको दौरान पछाडि के कसरी कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसाबले, बाढी पहिरो रोक्ने, चुरे संरक्षण गर्ने सबै कुराहरुले गर्दा कमला रिभर बेसिन स्टाटेजी प्लान तयार भएको छ ।’

नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताए । जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको उनको भनाइ छ ।

‘यो अष्ट्रेलिया र नेपाल सरकारका लागि एकदमै महत्वपूर्ण छ, कमला कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति र चुरेको क्षेत्रमा व्यवस्थापन गर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment