
२९ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले शुक्रबार सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको उनले जनाएका छन् ।
प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) बमोजिम सांसदहरुलाई अधिवेशन अन्त्यबारे यसै सूचनामार्फत जानकारी गराइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4